संवृद्धि सहकारीमा सुमन

समाधान संवाददाता २०७९ भदौ १३ गते १९:१२

लेखनाथ ।

Advertisement

संवृद्धि बचत तथा ऋण सहकारी पोखरा २७ कास्कीको शनिबार भएको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले फेरि सुमन भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।


समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिव नवराज तिवारी र कोषाध्यक्षमा रामजी पौडेल छन् ।सदस्यमा खेमराज पौडेल, पवित्रा श्रेष्ठ, वीरेन्द्र बाँनिया, राजेश सुवाल र शोभा पण्डित क्षेत्री निर्वाचित भएका छन् ।


अधिवेशनले केशवराज पौडेललाई लेखासमितिको संयोजक र डिल्लीराम पौडेल र उत्तमदत्त बराललाई सदस्य निर्वाचित गरेको छ । यसअघि साधारण सभा एवं अधिवेशनमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहकारीमा जम्मा भएको पुँजीलाई उद्यमशीलतामा लगानी गर्न सुझाव दिएका थिए । अध्यक्ष आत्रेयले सहकारीका सेयर सदस्यलाई लाभांश उनीहरुको कर्जा र निक्षेपमा सक्रियताको आधारमा दिइनुपर्नेमा जोड दिए ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले कृषिमा आधारित व्यवसायलाई प्रवद्र्धन गर्न आग्रह गरे । सहकारीका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मीप्रसाद त्रिपाठी, देवराज पन्थी, नवराज सापकोटा, मानकुमारी पराजुली नवराज पौडेल लगायतले बोलेका थिए । साधारणसभाले अध्यक्ष सुमन भट्टराईको प्रतिवेदन, सचिव नवराज तिवारी र कोषाध्यक्ष रामजी पौडेलको प्रतिवेदन पारित गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया