ढुकुटीको धन खर्च गर्नै मुस्किल

फेवातालको संरक्षणका लागि गण्डकी प्रदेश सभामा दिनैपिच्छे आवाज उठ्यो । प्रदेश सभा सदस्य राजीव पहारीसहितले बजेट बनाउने बेला ठूलै लबिङ गरे । सोहीअनुसार चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ विनियोजन भयो । फेवाताल संरक्षणका लागि आवाज उठाएकाहरु यसबाट हौसिए ।
सर्वोच्च अदालतले पनि फेवा संरक्षणको पक्षमा ऐतिहासिक फैसला गर्यो । संघीय, प्रदेश र स्थानीय गरी ३ तहकै सरकारले संरक्षणका लागि पहल तुरुन्त थाल्न निर्देशनसमेत दियो । आर्थिक वर्ष सकिन अब ८० दिन जतिमात्र बाँकी छ । तर १० करोड रुपैयाँमध्ये हालसम्म १ रुपैयाँ पनि खर्च भएको छैन । संरक्षणको काम कसरी गर्ने भन्ने कार्यविधि बनाउनतिर ध्यान नदिएकै कारण बजेट ढुकुटीबाट निस्कन सकेन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा एउटा समिति बनाइएको छ । तर मन्त्रीको यतिधेरै जिम्मेवारी छ कि यस्ता समितिको बैठक बोलाउने फुर्सदै हुँदैन ।
आइटी पार्क बनाउने भनेर यसपालिको बजेटमा रकम छुट्याइयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले काम गर्न सकिन्छ कि भने प्रयास पनि ग¥यो । तर कुन आधारमा टेकेर काम गर्ने अलमलमा परिरहेको छ । न त आन्तरिक मामिला मन्त्रालयसँग सूचना प्रविधिका जनशक्तिको दरबन्दी छ न त पूर्वाधार नै ।
उक्त मन्त्रालय अन्तर्गत राजमार्गहरुमा सवारी साधन स्क्यान गर्ने मेसिन जडान गर्ने भनेर बजेट राखियो । तर त्यही बजेट पनि १ सुको खर्च हुन सकेको छैन । र यो आर्थिक वर्षमा खर्च हुने सुरसार पनि छैन । बजेट सार्वजनिक गरिरहँदा अर्थमन्त्री किरण गुरुङले ७० प्रतिशतको हाराहारीमा बजेट खर्च हुने अनुमान गरेका थिए । तर अहिलेसम्म चालु र पुँजीगत गरी २० प्रतिशत हाराहारीमा मात्र बजेट खर्च भएको छ । अबका ८० दिनमा मन्त्रीले अनुमान गरेजस्तो ५० प्रतिशत रकम खर्च हुनै सक्दैन । यदि खर्च भइहालेको खण्डमा उपलब्धिमूलक पनि हुँदैन ।
कार्यालय स्थापना नभएको, कर्मचारी समायोजनले सकस पारेको जस्ता कारण देखाएर सरकार अहिले तर्किन खोजेको छ । हो, संघीयता कार्यान्वयनको प्रारम्भिक अवस्थामा भएकाले सोचे अनुरुप काम हुन पक्कै सक्दैन । अर्को कुरा के पनि हो भने नेपालको सन्दर्भमा प्रदेश सरकार बिल्कुलै नयाँ अभ्यास हो
। स्थानीय र केन्द्र सरकार कुनै न कुनै रुपमा यसअघि पनि सञ्चालनमा थिए । पुरानो अनुभवले पनि केही काम गरेको हुनुपर्छ । तर यो प्रादेशिक संरचना कर्मचारी र राजनीतिक दल दुवै पक्षका लागि नौलो भयो । अनि बजेट दलबाट चुनिएर आएका नेताको इसारामा बनाउने, खर्च गर्ने विधि र प्रक्रिया कर्मचारीले मिलाइदिनुपर्ने भएकाले पनि यी २ पक्षबीच प्रदेश तहमा तालमेल मिल्न सकेन यो वर्ष ।
कतै योजना नै नपर्ने, कतै एउटै योजनामा ३ वटै तहका सरकारको प्रतिस्पर्धा चल्ने गरेकाले पनि बजेट ढुकुटीबाट बाहिरिन सकेन । ३ तहका सरकार सकारात्मकभन्दा पनि नकारात्मक प्रतिस्पर्धामा बढी उत्रिएकाले पनि बजेट खर्चले लय समात्न नसकेको हो । प्रचारमुखीभन्दा पनि व्यावहारिक बजेट ल्याएर समयमै खर्चिन सकेको खण्डमा राष्ट्रिय अर्थतन्त्रले समेत गति लिनेछ ।






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया