पचभैया सामुदायिक होमस्टेको सभा

समाधान संवाददाता २०७९ असोज १२ गते १६:०६

पोखरा ।
पचभैया सामुदायिक होमस्टेको छैटौं साधारण सभा सोमबार भएको छ । बेगनास ताल को दक्षिणी बेल्ट डाँडामा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको होमस्टेमा करिब ३० घर होमस्टे सञ्चालित छन । उनीहरु संस्थागत रुप मा एकता बद्धभइ एकदशक अघि स्थापना गरेका हुन ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि वन विज्ञान अध्यन संन्स्थान पोखराका उ प्राधायपक डा श्रीकान्त खतिवडाले रैथाने होटेल व्यवसाय अहिलेको माग हो भन्दै होमस्टे प्रवर्द्धन गर्नुपर्ने बताए ।

पचभैया सामुदायिक होमस्टेका अध्यक्ष नीमा थापा मगरको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि दिनेश मनि लामिछाने , सामाजिक व्यक्ति दिननाथ ढकाल, देउराली नमुना आमा समुहका सचीव बिपना थापा, पचभैया आमा समूहका अध्यक्ष बिष्णु गुरुङ , कोट देउराली नमुना आमा समूहका यमुना पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया