मुस्ताङ : जनशक्ति अभावले रोकिएको शल्यक्रिया सेवा सूचारु

जोमसोम–मुस्ताङ जिल्ला अस्पतालमा आईतबारदेखि पूनः आकस्मिक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा ल्याईएको छ ।
चालुवर्ष २०७९÷०८० देखि पहिलो पटक संञ्चालनमा ल्याईएको आकस्मिक प्रसूति संम्वन्धि शल्यक्रिया सेवा जनशक्ति अभाव हुँदा प्रभावित बनेको थियो ।
सुरुआती चरणमा शल्यक्रिया सेवा संञ्चालनमा ल्याईएको भएपनि मुस्ताङ अस्पतालमा कार्यरत एमडीजीपी डा. कुन्दन कर्ण कारणवश अस्पताल छोडेर बिदा भएसंगै शल्यक्रिया सेवा बन्द भएको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डन डा. विशाल तिवारीको पहलमा पूनः एमडीजीपी डाक्टरको व्यवस्था गरिएसंगै ३ महिनापछि आकस्मिक प्रसूति शल्यक्रिया सेवा संञ्चालनमा आएको हो ।
अस्पतालले मनाङ अस्पतालमा कार्यरत एमडीजीपी डा. मुखिया घलेलाई आपसी सम्झौता र सहमतीमा नियूक्त गरेसंगै पूनः आकस्मिक प्रसूति सेवा संञ्चालनमा आउन सकेको अस्पतालका मेसु डा. विशाल तिवारीले जानकारी दिए । नयाँ नियुक्त भएका एमडीजीपी डा. मुखिया घलेले दुर्गमको जिल्लामा बसेर सेवा गर्ने आंकाक्षा स्वरुप मुस्ताङलाई प्राथमिकतामा राखेर यहाँ सेवा दिन आईपुगेको जनाए ।
मुस्ताङमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पून ः संञ्चालनमा आएसंगै यहाँका महिलाहरु उत्साहित भएका छन् । सामान्य प्रसूति देखि अप्रेसननै गर्नुपर्ने प्रसूति महिलालाई सुरक्षित सुत्केरी गराउन योगदान पुग्ने बताईएको छ । भौगोलिक विकटता र सुगमको अस्पतालसम्म लैजान निकै समय लाग्ने भएकाले जिल्लामा सुरक्षित शल्यक्रिया मार्फत सुत्केरी गराउने अवसर पाउँदा जिल्लाका गरिव तथा विपन्न बर्गलाई निकै राहत पुग्ने अस्पतालका मेसु डा. विशाल तिवारीको भनाई छ ।
२०३१ सालमा स्थापना भएको मुस्ताङ जिल्ला अस्पताल संघीयतापछि गण्डकी प्रदेश सरकारको मातहतमा २५ शैया क्षमतामा स्तर वृद्धि गरिएको हो । यसअघि अस्पतालमा श्रोतसाधन र जनशक्ति अभाव हुँदा दुर्गम जिल्लामा बिरामीहरुले विभिन्न कठिनाई तथा आर्थिक भार व्यवहोर्न बाध्य थिए । शल्यक्रिया पूनः संञ्चालनमा आएपछि प्रसूति सेवासंगै सामान्य खालका अप्रेसन सेवा जिल्लामै सम्भव हुने जनाईएको छ ।
मुस्ताङ अस्पतालले स्थापनाको ४८ वर्षपछि आकस्मिक शल्यक्रिया सेवा संञ्चालनमा ल्याएको थियो । संघीय सरकार अन्तर्गत गत आवमा (सिओएमसी) साईट स्थापना शिर्षकमा विनियोजित २५ लाख बजेटबाट शल्यक्रिया उपकरण तथा सामाग्री खरिद गरी अप्रेसन थिएटरको व्यवस्थापन गरेको थियो ।
शल्यक्रिया संम्वन्धि उपकरण तथा सामाग्री व्यवस्थापन र आवश्यक तालिम उपलब्ध गराउँदै मुस्ताङ जिल्ला अस्पतालले भदौ १ गते प्रसूतिको सफल शल्यक्रिया गराएको थियो । त्यसपछिका दिनमा शल्यक्रिया सेवा अवरुद्ध हुँदै आईरहेको थियो । मुस्ताङको थासाङ–३ लेते कालोपानीकी २४ वर्षीया महिला अनिता परियारको शल्यक्रिया मार्फत सुत्केरी गराईएको थियो ।






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया