तनहुँमा प्रदेशस्तरको औषधि आपूर्ति केन्द्र

तनहुँ ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसयमा गण्डकी प्रदेशस्तरकै एलोपेथिक औषधि आपूर्ति केन्द्र बनाइने भएको छ । यहाँ रहेको तेत्तीस रोपनी जमिनमा गण्डकी प्रदेशको आपूर्ति केन्द्र बनाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयबाट जग्गा प्राप्तिका लागि स्वीकृति पाएपछि प्रक्रिया अघि बढाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
‘गण्डकी प्रदेश र संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबाट अनुगमन भइसकेकाले छिट्टै केन्द्र निर्माणका लागि प्रक्रिया अघि बढाइने छ,’ उनले भने ।
केन्द्रका लागि पन्ध्र रोपनी जग्गा भए पुग्ने भएकाले बाँकी जग्गामा आयुर्वेदिक अस्पताल बनाउन प्रदेश सरकारले चासो देखाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
सोही स्थानमा मित्रता माविको र आसपास गरी करिब तीन सय रोपनी सार्वजनिक जग्गा रहेकाले पालिकाले प्रदेश सरकारलाई ट्रमा सेन्टर बनाइदिन प्रस्ताव गरेको अध्यक्ष चुमानले जानकारी दिए ।
स्थानीय स्तरमै उपचारको व्यवस्था गर्न सकिने भएकाले तीनवटै तहका सरकारले ट्रमा सेन्टर निर्माणमा चासो देखाएका उनले बताए ।







बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया