नेपालीबाट दाजुलाई भेट्न जादैं गरेकी युवतीकाे दिल्लीमा सामूहिक बलात्कार

समाधान संवाददाता, काठमाडाैं
भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गत आइतबार राति मुम्बई जान लागेकी ती युवती दिल्लीको द्वाराका क्षेत्रमा सामूहिक बलात्कारमा परेकी हुन्।
दाजुलाई भेट्न मुम्बई जान हिँडेकी चितवनकी ती २० वर्षीया युवती शनिबार दिल्ली पुगेकी थिइन्। त्यहाँदेखि रेलमा मुम्बई जाने उनको योजना थियो। तर उनी समयमै रेल्वे स्टेशन पुग्न सकिनन्। रेल छुट्यो। रेल्वे स्टेशनमा बसिरहेका बेला चार जना यूवाहरू त्यहाँ बस्नु असुरक्षित हुने बताए। अनि आफू उनीहरूसँग गएको ती युवतीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन्।
सुरक्षित ठाउँमा जाउँ भनेका उनीहरूले आफूलाई सामूहिक बलात्कार गरेको उनले बताइन्।
बलात्कारी मध्येका एकले पछि उनलाई फेरि रेल्वे स्टेशनमा ल्याएर मुम्बईको रेल चढाइदिएका थिए।
मुम्बई पुगेर उनले वोसिवारा प्रहरी चौकीमा उजुरी दिएकी छन्। प्रहरीले उनको उजुरीविरूद्ध अनुसन्धान भइरहेको जनाएको छ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया