फ्रेन्चपासमा भेटिएको शव सेनाको हेलिबाट उद्दार

जोमसोम—धौलागिरी आधार शिविरको झन्डै पाँच मिटर अग्लो उचाईको फ्रेन्च पास बेसक्याम्पमा फेरी अर्को शव फेला परेको छ ।गत असोज २० गते धौलागिरी आधार शिविरमा वेपत्ता भएको शव शनिवार बिहान फेला परेको हो ।
फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा—१ बस्ने २७ वर्षीय देव लामा रहेको शव उद्दारमा प्रत्यक्ष खटिएका पर्यटनकर्मी ईन्द्रसिंह शेरचनले जानकारी दिए । उनी ७ महिना अघि फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनी मार्फत विदेश पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेकोमा प्रतिकुल मौसमका कारणी वेपत्ता भएको पर्यटनकर्मी शेरचनले उल्लेख गरे ।
धौलागिरी आधार शिविरको फ्रेन्च पास क्षेत्रमा नेपाली सेनाको हेलि मार्फत शुक्रबार शवको खोजीकार्य अघि बढाईएको थियो ।शवको खोजी नेपाली सेनाले गरेको थियो । खोजीकार्य संलग्न नेपाली सेनाको टोली विशेष उपकरणको सहायताले वेपत्ता शव पत्ता लगाईएको थियो ।
शव रहेको स्थान पत्ता लागेपछि सेनाको हेलीमा जोमसोमबाट २ जना नेपाली सेना ,मृतकको आफन्त पर्ने काका सुनिल तामाङ र पर्यटन व्यवसायी एवं समाजसेवी ईन्द्रसिंह शेरचन शव लिन फ्रेन्च पास पुगेका थिए । पर्यटनकर्मी र एवं समाजसेवी शेरचन मृतकको आफन्तको अनुरोधमा शव खोज्न फ्रेन्च पास पुगेको उनले बताए । समुन्द्री सतहको ५ हजार मिटरको अग्लो उचाईको फ्रेन्च पासमा ५ फिट मुनी हिउँ भित्र गाडिएको अवस्थामा रहेको शव बाहिर निकालिएको शेरचनले बताए ।
अहिले मृत अवस्थामा फेला परेको शवलाई नेपाली सेनाको हेलीले पोखरा हुँदै काठमान्डौं सिथ्त टिचिङ अस्पतालमा पू¥याएको शेरचनले जानकारी दिए ।
यसअघि गत बैशाख १२ गते पनि एक जना पर्यटक भरियाको वेपत्ता शव फेला परेको थियो । धौलागिरी आधार शिविरको स्वीस क्याम्पमा फेला परेको शव हेली मार्फत उद्दार गरिएको थियो ।
तपाईको प्रतिक्रिया