‘म्याड लभर्स’को चर्चा

समाधान संवाददाता २०८० जेठ ८ गते १३:२३

पोखरा ।
प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाको कृति ‘म्याड लभर्स’को पोखरा परिचर्चा भएको छ । कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले सिर्जनालेसमाजको यर्थाथ बोल्न सक्नुपर्ने बताए ।

‘पुस्तक समाजको ऐना हो,सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्,’ उनले भने । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैंमा सशक्त विषय भएको बताए । ‘कृति आफैमा सशक्त विषय हो, यो यर्थाथको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ,’ प्राध्यापक सुन्दर मानन्धरले कृतिका विभिन्न विषयबारे चर्चा गरे ।

कृतिकार तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तरआधुनिक जोगी भएको उनको भनाइ छ । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रकाशचन्द्र रेग्मीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया