जनप्रतिनिधिको २ वर्ष र कर्मचारीको आनीबानी

झन्डै २ दसक जनप्रतिनिधि विहीन बनेको स्थानीय तहमा ३१ वैशाख २०७४ को निर्वाचनपछि जनप्रतिनिधिले वहाली गरे । यही क्रममा पोखरा महानगरपालिकामा १४ जेठ २०७४ मा निर्वाचित जनप्रतिनिधिले पदवहाली गरे ।
यो सँगै नेपालमा संघीयता कार्र्यान्वयनको १ चरण सुरु भयो । त्यति बेलाका सरकारको नेतृत्वमा रहेका राजनीतिक दलको कमजोरी थियो कि पहिला स्थानीय, त्यसपछि प्रदेश र अनि संघीय संसदको चुनाव गराउनु । संघीय अभ्यासमा जानुअघि गर्नुपर्ने महत्वपूर्ण तयारीमा पनि त्यति बेलाको सरकार चुकेकै हो ।
संविधान अनुसार संघीय सरकारले कानुन बनाउने र तिनै कानुनको आधारमा प्रदेश र स्थानीय तहले कानुन बनाउने हो । तर यहाँ त पहिला स्थानीय तहको चुनाव भएकाले कानुने अभावमा काम गर्नै कठिनाइ भयो । त्यसो त नयाँ कानुन नबनेको अवस्थामा संघीय सरकारलाई पुरानै कानुन अनुसार काम गर्न कुनै वाधा थिएन ।
तर नागरिकको मतले चुनिएर आएका अधिकांश जनप्रतिनिधिले त्यसो गर्ने प्रयास गरेनन् या चाहेनन् । स्थानीय तहको एकल अधिकारका सूचीमा रहेका विषयमा पोखरा महानगरपालिकाले आवश्यकता अनुसार कानुन बनाए पनि कतिपय अवस्थामा पछि बनेका संघीय र प्रदेश कानुनसँग बाझिएका कारण संशोधन पनि गर्नुपर्यो ।
जे होस, स्थानीय तहमा जनताका प्रतिनिधि आएको २ वर्ष बितेको छ । पहिलो वर्ष कानुन निर्माणमै बिते पनि दोस्रो वर्ष विकासले गति लिनुपर्ने थियो, तर त्यसो हुन सकेको छैन । पोखरा महानगरको कामको गति हेदा आउने वर्ष पनि ठूलो उपलब्धि हासिल हुन सक्ने अवस्था छैन । काम प्रभावकारी हुन नसक्नुमा पहिलो त दक्ष जनशक्तिको अभाव नै हो ।
काठमाडौंपछिको दोस्रो ठूलो सहर भनिए पनि यहाँ आवश्यक जनशक्ति पाउन कठिन छ । त्यसो त व्यहारिकभन्दा सैद्धान्तिक शिक्षामा जोड दिँदै आएकाले यो समस्या मुलुकभर छ । महानगरमा प्रशस्त कर्मचारी छन् । संख्या गन्दा ठूलो देखिए पनि परेका बेला काम गर्ने खालको जनशक्ति नहुँदा काम प्रभावकारी नभएको मेयर मानबहादुर जिसीले भन्दै आएका छन् ।
महानगरमा अहिले पनि २ खाले कर्मचारी छन् । एकथरी त लोक सेवाको प्रतिस्पर्धाबाट आएका भए । अर्कोैथरी तत्कालीन स्थानीय तहमा भनसुन र चिनजानका आधारमा भर्ना भएका कर्मचारी हुन् । लोकसेवाका कर्मचारीको बेला बेलामा सरुवा हुन्छ । भिन्न कार्यालयको अनुभव हुन्छ । तर स्थानीय तहमै नियुक्त भएका कर्मचारीमा वृत्ति विकासको चाहना नहुने र कामसमेत प्रभावकारी रुपमा सम्पादन हुन नसकेको जनप्रतिनिधिको गुनासो छ ।
सबै मानिसले सबै कुरा जाने बुझेको पनि हुँदैन । तर जान्न र सिक्ने चाहना त राख्नुपर्छ नि । विज्ञान र प्रविधिको प्रयोगबाट थोरै जनशक्तिले धेरै कार्यसम्पादन गर्नु अहिलेको आवश्यकता हो । जनप्रतिनिधिको कुरा सुन्दा लाग्छ, कर्मचारी परिवर्तनका वाधक हुन् । पहिला जसरी काम भएको अहिले पनि त्यही रबैया देखाउँछन् ।
जनप्रतिनिधिले नीति नियमको बाटो फुकाइदिने हो । आखिर कार्यान्वयनको जिम्मा त कर्मचारीकै हो । अहिले महानगर काम नगर्ने कर्मचारीलाई कारवाही गर्न सक्ने अवस्थामा पनि छैन । कर्मचारीका संगठन यति मजबुत छन् कि कोही कसैलाई छुन सक्ने अवस्था छैन ।
यदि जनप्रतिनिधिले बाँकी ३ वर्षको अवधिमा साँच्चिकै सफलता प्राप्त गर्ने हो भने कर्मचारीको आनीबानी सुधार गरेर अगाडि बढ्न जरुरी छ । काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्न स्थानीय तह चुक्नु हुँदैन ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया