कास्की मोर्डनाइज्डमा आँखा जाँच

समाधान संवाददाता २०८० जेठ २६ गते ११:४५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ चाउथेमा अवस्थित कास्की मोर्डनाइज्ड एकेडेमीमा वार्षिक कार्यक्रम अनुसार आँखा परीक्षण शिविर भएको छ । ३ दिने आँखा शिविरमा नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थी, विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गरी लगभग १ हजार ८ सय जनाले आँखा परीक्षण गराएका छन् ।


एकेडेमीले प्रत्येक वर्ष विद्यार्थीको स्वास्थ्यलाई ख्याल गरी युरिन, स्टुल, ब्लड, दन्त परीक्षणसम्बन्धी शिविर चलाउदै आएको छ ।

यसपालि पोखरा घारिपाटन स्थित हिमालयन आँखा अस्पतालको उपकरण तथा ६ जना प्राविधिक÷ चिकित्सकको सहयोग र विद्यालयको व्यवस्थापनमा ३ दिने निशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको सहप्राचार्य शिवलाल उपाध्यायले बताए ।

Advertisement


विद्यालयका संस्थापक प्राचार्य रामबहादुर मोचीले कतिपय आँखाका रोगबारे विद्यार्थीलाई थाहा नहुने र अभिभावकलाई पनि ज्ञान नहुने हुने शिविर आयोजना गरिएको बताए । आँखाका समस्याले विद्यार्थीको सिकाइ स्तरमा असर पर्ने हुँदा आगामी दिनमा यस्ता अरु थप कार्यक्रमसमेत सञ्चालन गरिने उनले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया