
जोमसोम ।
मुस्ताङको मार्फा लेकमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोमबार म्याग्दीको रघुगंगा १ घर भई मुस्ताङको घरपझोङ २ मार्फा बस्ने ४२ वर्षीय कालिबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मार्फा गाउँमाथि आफ्ना भेडाबाख्रा चराउन जाँदा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । गर्बुजाको शव गोठभन्दा पश्चिमको भीरमा फेला परेको छ । शव नजिकै जिम्बुसमेत भेटिएकमाले उनी जिम्बु टिपेर फर्किदा लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
गोठबाट भेडाबाख्रा चराउन मार्फा लेंक पुगेका गर्बुजा लेंकबाट नफर्किएपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट शव उठाएर मुस्ताङ अस्पतालमा पोस्टमार्टम गरी आफन्तलाई बुझाएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
सम्बन्धित
तपाईको प्रतिक्रिया