लोमान्थाङमा ६ सय वर्ष पुरानो गुम्बा पर्खाल भत्कियो ,सहयोगको याचना

जोमसोम—उपल्लो मुस्ताङको लोमान्थाङ —५ मा अवस्थित ऐतिहाँसिक तथा धार्मिक महत्वको झम्पा गुम्बाको पर्खाल भत्किएको छ । झन्डै ६ सय वर्ष पुरानो मानिएको उक्त गुम्बा गाउँले अन्र्तगतको स्वामित्वमा थियो । पर्खाल भत्किएसंगै गुम्बाको सौन्दर्यतामा समेत असर पुगेको छ ।
लोमान्थाको विषेश धार्मिक चाडपर्वहरुमा उक्त गुम्बामा लामाहरुद्धारा पुजापाठ गरिन्थ्यो । गुम्बामा छोदे गुम्बाका लामाहरुले धार्मिक अनुष्ठान गर्ने गरिन्थ्यो ।
लोमाथाङ गाउँको पुरानो गुम्बाको पर्खाल उत्तरतर्फको भागमा चर्किएर भत्किएको लोमान्थाङ गाउँपालिकी उपाध्क्ष छिमी बिष्टले जानकारी दिईन् । उनले गुम्बा बाहिरको करिव १० देखि १५ मिटर पर्खाल भत्किएको उल्लेख गरिन् । उक्त गुम्बा ऐतिहाँसिक लोमान्थाङ दरबार परिसरभित्रै रहेको जानकारी दिईन् ।
ज्यादै पुरानो धार्मिक गुम्बा पर्खाल भत्किएसंगै उपाध्यक्ष बिष्टले स्वदेश तथा विदेशमा बस्ने मुस्ताङीहरुलाई गुम्बा पर्खाल पुन:निर्माणमा सहयोग गर्न अपिल गरेकी छिन् ।





जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया