भेट्रान फुटबल प्रतियोगिताः दोस्रो दिन ६ खेल

समाधान संवाददाता २०८० माघ २३ गते ११:२४

पोखरा ।
पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल भएका छन् । बगर भाइ खलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ ।

Advertisement


एक्सको जितमा किशोरदेव थापाले २ तथा सुशील श्रेष्ठले १ गोल गरे । दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले २ तथा मिलन अधिकारी, रमेश गुरुङ, विपिन शाही र मित्रबहादुर बस्नेतले समान १ गोल गरे ।


निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्स बुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले गोल गरेका थिए भने लखनका लागि यामु राना र भरत गुरुङले गोल गर्दा खेल बराबरीमा सकिएको थियो ।


चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिङले ह्याट्रिक गरे भने कमल विष्ट र विकर्ण श्रेष्ठले एक/एक गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान एक/एक गोल गरे ।


पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल गर्‍यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे । यस्तै अन्तिम खेलमा चावहिल काठमाडौंले एनजेजेवाइसी सिमरालाई ४–१ ले हरायो ।

Advertisement

चवाहिलको जितमा कप्तान पासाङ शेर्पाले ह्याट्रिक गरे भने जगतमान लामाले एक गोल गरे समराका लागि राजु राईले एक गोल गरे । प्रतियोगिताअन्तर्गत मंगलबार प्रिक्वाटर फाइनलका ७ खेल हुनेछन् ।

तपाईको प्रतिक्रिया