लेखनाथ जेसीजकाे स्वास्थ्य शिविर
लेखनाथ ।
लेखनाथ जेसीजले २६ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको छ । पोखरा २७ को बडहरेमा राखिएको शिविरमा १ सय ४५ जनाको जाँच गरिएको छ । शिविरमा सुगर, रगतको खराब बोसो (टिजी), प्रेसर आदि जाँचसहित परामर्शका साथै औषधी निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, डा. सन्दीप ओझा, प्रहरी निरीक्षक यामनारायण अर्याल, लेखनाथ जेसिजका संस्थापक अध्यक्ष बाबुराम जमरकट्टेल, पोखरा जेसीजका अध्यक्ष देवराज शर्मा, लेखनाथ सामुदायिक प्रहरी सेवा तथा सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, नागरिक परोपकार समन्वय समिति कास्की अध्यक्ष चिरञ्जीवी तिवारी, धर्मशाला टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तिमिल्सेना, बडहरे टोल अध्यक्ष भरत गन्धर्व, लगायतले बोलेका थिए ।
कार्यक्रम लेखनाथ जेसीज वर्ष २०२४ का अध्यक्ष प्रकाश राईभाटको अध्यक्षतामा भएको थियो । पोखरा २७ तालचोकमा रहेको पश्चिमाञ्चल डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा शिविर भएको हो ।
तपाईको प्रतिक्रिया