देवर्षि गोत्रीय रानाभाट पूजा तयारी

पोखरा ।
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर ३ भाटखोला, चिप्लेटीमा रहेको देवर्षि गोत्रीय रानाभाटहरुको कुल मन्दिरमा देवर्षि गोत्र ईष्ट कुल देवता पूजा व्यवस्थापन समितिको आयोजनामा फागुनको ३० गते हुने कुल पूजा सम्पूर्ण तयारी पुरा भएको छ ।
हरेक ५/५ वर्षमा हुँदै आएको कुल पूजा यसअघि ७ वर्ष पहिला भएको थियो । कोरोना महामारीका कारण स्थागित भएको पूजा यस वर्ष जुरेको थियो । यस वर्ष पनि शिवरात्रिको अघिल्लो दिन २४ गते क्षमा पूजा गरेर कुल पूजा २०८० फागुन ३० गते गरिने भएको हो ।
यस वर्ष कुल पूजाको साथ साथै ७५ वर्ष माथिका गोत्रीय बुबाआमा, चेलीबेटी, आर्थिक सहयोगदाता, निर्माण कार्यमा खटिएर कार्य गर्ने, विभिन्न उपसमितिको जिम्मेवारीमा रहेर कार्य गर्ने गोत्रीय बन्धुलाई सम्मानपत्र तथा कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम रहेको पूजा व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर रानाभाटले बताए ।






जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया