लेखनाथमा लिफ्टिङ प्रणाली सफल परीक्षण

समाधान संवाददाता, पोखरा
लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाले पहाडी भेकका उपभोक्तालाई लक्ष्य गरी सञ्चालन गरेको भूमिगत पानीको लिफ्टिङ प्रणाली सोमबार सफल परीक्षण गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं २६ को भवानी कालिका मावि परिसरमा निर्माण गरिएको छ । बोरिङ पानी लिफ्टिङ गरी वडा नं २६, २७, २८ र ३१ का पहाडी भेकका उपभोक्तालाई खानेपानी सुविधा दिने उद्देश्य राखिएको छ ।
उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, निर्माण कम्पनी लगायत उपभोक्ताको उपस्थितिमा गरिएको परीक्षणमा प्रति सेकेन्ड १० लिटरका दरले पानी तान्न सफल भएको उपभोक्ता समिति अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए ।
नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशतको लागत अनुमान अन्तर्गत सहलगानीको पहिलो चरणमा निर्माण गरिएको योजनाको कुल लागत २८ करोड छ । योजनाबाट करिब १ हजार ७ सय घरधुरीका ६ हजार उपभोक्ता लाभान्वित हुने बताइएको छ ।
योजना अन्तर्गत भवानी कालिका मावि परिसरबाट लिफ्ट गरिएको पानी विभिन्न ३ ठाउँबाट लिफ्टिङ गरी वडा नं २६ को उच्च भाग नरेसपुरको मुल टंकीमा जम्मा गरी अन्य ४ वटा टंकीबाट उपभोक्ताको घर घरका धारामा पुर्याउने लक्ष्य राखिएको छ ।
योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले साउनभित्र परीक्षणको काम सम्पन्न गरी असोज महिनासम्ममा उपभोक्ताको घरमा पानी पुर्याउने गरी काम भइरहेकोे उपभोक्ता समितिका सचिव मुरारी शर्माले जानकारी दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया