गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई घाइते
समाधान संवाददाता
२०८१ साउन १३ गते ११:०८

गोरखा
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिड्लास्थित रेसेगाउँमा पहिरोमा परी चारजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोले एउटा घर र गोठ बगाउँदा परिचय नखुलेका चारजा बेपत्ता भएका उक्त गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिए।
पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताए। प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया