तारानाथ आचार्यको ‘चेली ३’ बजारमा

समाधान संवाददाता २०७६ साउन २० गते १६:०६

समाधान संवाददाता, पोखरा

लोक गीतका सर्जक तारानाथ आचार्यको चेली ३ सार्वजनिक भएको छ । चेली भाग १ र २ को अपार सफलतापछि चेली ३ सार्वजनिक गरिएको हो । हिन्दु महिलाको महान पर्व तीज पर्व आउन अझै करिब १ महिना बाँकी रहे पनि कलाकार तथा गीतकारलाई भने तीज पर्वले छोएको छ ।

चाड पर्वमा अलि बढी पर्व विशेष गीतमा कलाकारले तीज पर्वलाई मध्यनजर राखेर निकाल्ने गरेका हुन्छन् । चाड पर्वमा ल्याइने गीत संगीतले त्यसको महत्व र संस्कृतिलाई चित्रण गरेका हुन्छन् ।

Advertisement

तीजका मौलिकतालाई नछोई फरक फरक खालका गीतहरु निकाल्ने गरेका बेला तीज पर्वलाई मध्यनजर गरी सर्जक आचार्यले उक्त गीत ल्याएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा चेली १ र २ गरी करिब ५० लाख दर्शकले हेरेको र उनीहरुको माया ले नै चेली ३ दर्शक सामु ल्याउन प्रेरणा मिलेको उनले बताए ।

Advertisement

उनको गीतमा अनु पराजुली, दीपक पौडेल, बुद्धि खनाल, माया गिरि, राजु कुमाल, दीपिका छेत्री, कुमार गुरुङ, सागर थापा लगायतले अभिनय गरेका छन् ।

उनले कला संस्कृतिलाई जीवन्त राख्न र चेलीलाई निरन्तरता दिन उक्त गीत निकालेको बताए । उक्त गीत करिब १ हप्ता युट्युब ट्रेन्डिङमा थियो ।

गीतले नारी वेदना नारीको यथार्थ भावलाई चित्रण गरेको छ । दीपक पौडेलको शब्द, तारानाथ आचार्यको लय तथा एरेन्ज रहेको गीतमा गायिका माया गुरुङको स्वर छ । गीत को म्युजिक भिडिओ गणेश सापकोटाले छायांकन गरेका छन् भने सुवास अमगाईले सम्पादन गरेका छन् ।

तपाईको प्रतिक्रिया