फेवातालमा डुबेर १३ वर्षे प्रस्ताव क्षत्रीको मृत्यु
समाधान संवाददाता
२०८१ भदौ ७ गते १९:३९

पोखरा । बिहीबार दिउँसोबाट हराइरहेका १३ वर्षे प्रस्ताव केसी फेवातालमा शुक्रबार मृतावस्थामा भेटिएका छन् ।
पर्वत फलेवास नगरपालिका वडा नं. २ थापाठाना घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ अन्नपूर्ण टोल बस्ने सूर्य बहादुर क्षेत्रीको छोरा प्रस्ताव बिहीबार डेराबाट कोही कसैलाई नसोधी निस्केका थिए । उनका साथीहरुसँग समेत सोधपुछ गर्दा निजको साथीले २ बजेतिर ड्यामसाईड स्थित फेवातालमा हाम फालेको बताएका थिए ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट र शसस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर मालेपाटनबाट समेत संयुक्त रेस्क्यु टोलीले खोजतलास गर्दा साढे ४ बजेतिर उनी फेवातालमा भेटिएका थिए ।
पश्चिम क्षेत्रीय अस्पताल पोखराले उनलाई मृत घोषणा गरेको हो ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया