कर्मचारीलाई मंसिरसम्म काम सक्न मन्त्रीको निर्देशन

सम्मान ग्रहण गर्दै तनहुँ वन डिभिजनका अधिकृत केदार बराल (बायाँ)। तस्बिरः समाधान
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कामप्रति बफादार र लगनशील भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । वन निर्देशनालयले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री लम्सालले देशप्रति समर्पित हँुदै लगनशील र कर्मनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
उनले आर्थिक वर्ष २०७५÷०७६ मा मन्त्रालयले बनाएको योजना सफलतापूर्वक कार्यान्वयन भएको चर्चा गर्दै ढिला गरी प्रदेश स्तरका कार्यालय स्थापना तथा कर्मचारी समायोजना लगायतका समस्या हुँदा हुँदै पनि मन्त्रालयले उत्कृष्ट कार्यसम्पादन गरेको दाबी गरे । बजेट कार्यान्वयन गर्ने जिम्मा कर्मचारीकै रहेकाले आर्थिक वर्षको अन्त्यमा मात्र काम थालनी गर्ने परिपाटी अन्त्य गर्दै मंसिर सम्ममा सबै प्रक्रिया पूरा गरेर काम गर्न उनले निर्देशन दिए ।
मन्त्री लम्सालले उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई मन्त्रालयले उचित पुरस्कार तथा सम्मान गर्ने घोषणा पनि गरे । वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै तनहुँका डिभिजन वन अधिकृत केदार बराललाई सम्मानका साथ पुरस्कृत गरिएको छ ।









चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया