पोखरा महानगरपालिका ३२ लामेआहालमा प्रदूषण बढेपछि मन्दिरमा शिक्षण

वासुदेव पौडेल
गण्डकी ।
पोखरा महानगरपालिका ३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ । प्रदूषण बढेकाले ल्यान्डफिल साइट नजिकै रहेको विद्यालय भवनका कोठामा पठनपाठन गर्न असहज बनेपछि उक्त परिसरभन्दा केही माथि रहेको राधाकृष्ण मन्दिरमा विद्यार्थीलाई राखेर पठनपाठन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । विद्यालयमा हाल कक्षा ६ देखि १० सम्म २८ जना विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।
प्रदूषण बढेपछि १ महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले राससलाई बताए । प्रदूषणका कारण विद्यार्थीमा स्वास्थ्य समस्या पनि बढ्दै गएको छ । ल्यान्डफिल साइट नजिकै भएकाले दिनानुदिन प्रदूषण बढ्दै जाँदा गुरुकुलका विद्यार्थीसँगै राधाकृष्ण ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ४५ जना ज्येष्ठ नागरिक पनि समस्यामा परिरहेका राधाकृष्ण मन्दिर सञ्चालक समितिका सचिव घनश्याम खनालले दाबी गरे ।
मन्दिरअघिको साँघुरो बाटोबाट फोहर ल्याएका सवारीसाधन जाने आउने गर्दा ज्येष्ठ नागरिक एवं विद्यार्थीलाई हिँड्डुुल गर्न समस्या परिरहेको छ । बढ्दो प्रदूषणका सम्बन्धमा गुनासो आएसँगै महानगरपालिकाबाट फोहरलाई व्यवस्थित रूपमा माटोले पुर्ने काम थालिएको पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । फोहर व्यवस्थापनको काम भइरहे पनि गर्मी र बर्सातको समय भएकाले समस्या परेको उनले दाबी गरे । रासस







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया