बागलुङ बाढी अपडेट: मृत्यु हुनेको संख्या तीन पुग्यो
समाधान संवाददाता
२०८१ भदौ २१ गते १३:३८

बागलुङ ।
बागलुङ नगरपालिका ४ बान्द्रे खोलामा बाढीले बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उनीहरु बगेका थिए ।
खोलामा बग्दा यसअघि सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको भने २० वर्षीय कमल सापकोटा बेपत्ता थिए । बेपत्ता सापकाेटाकाे पनि शव फेला परेको बागलुङ प्रहरीले जनाएको छ ।
ती शव परीक्षणका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । तीन जनाको शव दुई सय मिटर तल फेला परेको थियो ।
सम्बन्धित








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया