कोपिला बालगृहको सामाजिक लेखाजोखा
पोखरा ।
कोपिला बालगृह पोखरा १२ शीतलादेवी कास्कीको तेस्रो सामाजिक लेखाजोखा कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका अधिकृत विष्णुमाया पौडेलले बालगृहले गरेको बालबालिकालाई गरेको संरक्षणले राज्यको लागि ठूलो सहयोग पुगेको बताइन् ।
अभिभावक नभएका बालबालिकाको संरक्षण र हेरचाह गर्ने महानगरको दायित्वलाई बालगृहले गरेको कामले सहयोग पुगेको उनले उल्लेख गरिन् । उनले बालगृहसम्बन्धी मापदण्ड २०७९ अनुसार हरेक बालगृहले आकस्मिक कोषको व्यवस्था गर्न सुझाव दिइन् ।
गैसस महासंघ नेपालका कास्की अध्यक्ष डा बुद्धिबहादुर थापाले कास्कीमा रहेका २६ बालगृहमध्ये २१ ले राज्यका निकायबाट सञ्चालन तथा व्यवस्थापनको अनुमती पाएको जानकारी दिए । राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बालगृहमा आश्रित बालबालिकाका लागि सीपमूलक तालिम प्रदान गर्न सवालमा राज्यका निकाय र बालगृहबीच समन्वय हुन नसकेको सुनाए ।
पोखरा महानगरपालिकाका बालकल्याण अधिकारी बेलकुमारी गुरुङले सबभन्दा बढी अभिभावकलाई जिम्मेबार बनाएर बालबालिकालाई सकभर बालगृहमा आउने वातावरण बन्न दिन नहुने विचार राखिन् ।
समारोहमा पत्रकार दीपेन्द्र श्रेष्ठले मुनाफारहित संस्थाको रुपमा रहेको बालगृहले ४२ बालबालिकाको संरक्षण गरेको बताए । बालबालिकालाई समुदायसँग घुलमिल गराउन सुझाव दिँदै उनले बाल क्लब गठन गरी गतिविधि सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा कोपिला बालगृह कास्की अध्यक्ष भूपालजंग कुँवर, सचिव सुरजीत सेन, कार्यसमितिका सदस्य सुरेशकुमार मानन्धर, शीतलादेवी टोल विकास संस्थाका अध्यक्ष सुशीला श्रेष्ठ, विद्यार्थी सरिता नेपालीले संस्थाको सामाजिक प्रभाव र समुदायमा पुर्याएको योगदानबारे बोलेका थिए ।









फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया