तमु सांस्कृतिक प्रतिष्ठानमा चित्र

समाधान संवाददाता, पोखरा
तमु सांस्कृतिक प्रतिष्ठान नेपालको १७ औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले चित्रबहादुर गुरुङको अध्यक्षतामा अगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्ष श्रीजंग गुरुङ, द्वितीय उपाध्यक्ष हीरादेवी गुरुङ, सचिव भेषराज गुरुङ, सहसचिव कञ्चन गुरुङ, कोषाध्यक्ष कौशिला गुरुङ, सहकोषाध्यक्ष श्यामबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । डमर गुरुङ, मणिलाल गुरुङ, लक्ष्मी गुरुङ, शिला गुरुङ, लोकबहादुर गुरुङ, टेकनसिंह गुरुङ र किरण गुरुङ सदस्य चुनिए ।
यसअघि १७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद मीना गुरुङले प्रतिष्ठानले लिएको लक्ष्य आफैमा महत्वपूर्ण र समाजमा दीर्घकालीन प्रभाव पार्ने खालको रहेको भन्दै प्रतिष्ठानको अझै प्रगतिको कामना गरिन् ।
गुरुङ समुदायमा अहिले पनि महिलाहरुलाई सानैमा विवाह गरिदिने र पुरुषहरुलाई लाहुरे हुन र विदेश जान प्रेरित गर्ने परम्परा विद्यामान रहेको भन्दै त्यस्ता कार्यलाई अबको समाजले निरुत्साहित गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बेलायतको लन्डन सहरमा बोरोउ अफ बर्नेट काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङले अब तमुहरु अघि बढने हो भने मूलधारको राजनीतिमा जानुको विकल्प नरहेको बताए । उनले तमु सांस्कृतिक प्रतिष्ठानले लिएको लक्ष्य आफैमा महत्वपूर्ण रहेको भन्दै संसारभर रहेका तमु संघ संस्थाका अध्यक्षहरुलाई यसको पदेन सदस्य बनाउन सक्यो भने यसको दायरा अझै फराकिलो हुँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका सहकोषाध्यक्ष कौशिला गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सह सचिव भेषराज गुरुङले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित भयो ।
प्रतिष्ठानले गरिब तथा जेहेन्दार तमु विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । पोखराको पञ्चकोशी आर्थर डाँडाखर्क तमु समाजमा आयोजित अधिवेशन अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन सचिव श्रीजंग गुरुङले गरेका थिए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया