पोखरा महानगरबाट ‘मेट्रो कार्ड’ बाँड्न सुरु

समाधान संवाददाता
पोखरा
पोखरा महानगरभित्र चल्ने सवारी साधनमा विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली सुरु भएको छ । महानगरभित्र छोटो दूरीका बसमासमेत यात्रुले अब टिकट काटेरमात्रै यात्रा गर्नुपर्नेछ ।
साउन अन्तिम साताबाट परीक्षण सुरु भएको इटिकेटिङ प्रणालीका लागि महानगरले सोमबारबाट स्मार्ट कार्ड वितरण सुरु गरेको छ । कार्ड ओम डेभलपमेन्ट बैंकले वितरण गर्न सुरु गरेको हो ।
पहिलो चरणमा बैंकले महानगरभित्र चल्ने करिब ८ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्र ३ लाख स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य राखेको छ । इटिकेटिङ सिस्टम लागू गर्न पोखरा महानगरका बस व्यवसायीलाई महानगरले १ महिने तालिमसमेत दिइसकेको छ ।
‘पोखरा महानगरभित्र चल्ने ५ सय ५० वटा बस र बाँकी पोखरा बाहिर चल्ने बसमा इटिकेटिङ प्रणाली सुरु भइसकेको छ,’ महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘सुरुमा मुख्य सहरी क्षेत्रमा लागू गरेका छौं । बाँकी क्षेत्रमा पनि बढाउँदै जानेछौं ।’
महानगरभित्र सवारीसाधनमा विद्युतीय टिकट (इ–टिकेटिङ) प्रणाली लागू गर्न पोखराका बस व्यवसायी र एन्क्लाउड कम्पनी र ओम डेभलप बैंकबीच चैत ३ गते श्रीपक्षीय सम्झौता गरेको थियो । वैशाख महिनादेखि इटिकेटिङ लागू गर्ने सम्झौता भएपनि करिब ४ महिनापछिमात्रै योजना लागु गर्न लागिएको हो ।
काठमाडौंको एन्क्लाउड कम्पनीले विद्युतीय टिकट प्रणाली लागू गर्न स्रोत र प्रविधि उपलब्ध गराउने महानगरको सम्झौता छ । उक्त सम्झौताम बस व्यवसायीहरु पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा बस व्यवसायी समिति, बेगनासताल बस सञ्चालक समिति, विन्ध्यवासिनी बस व्यवसायी समिति, पोखरा फेवा यातायात प्रालि, र ट्याक्सी व्यवसायी समितिसँग महानगरले विद्युतीय टिकट प्रणाली लागू गर्न सम्झौता गरेका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया