फोटोग्राफी दिवसमा प्रभात फेरी

समाधान संवाददाता, पोखरा
१८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा फोटोग्राफर संघ गण्डकीले पोखरामा सोमबार प्रभात फेरी आयोजना गर्यो । मानवअधिकार चोकबाट सुरु प्रभात फेरी चिप्लेढुंगा महेन्द्रपुल हुँदै पुन मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा साइकल यात्री कर्ण श्रेष्ठलाई संघले सम्मान गर्यो । खोटाङका श्रेष्ठ देशव्यापी साइकल यात्रामा छन् । पर्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउन देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्ने अवसर मिल्नु पनि गण्डकी प्रदेशका फोटोग्राफरका लागि गौरवको कुरा भएको संघका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।
कार्यक्रममा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले फोटोग्राफीको महत्वबारे बोलेका थिए । कार्यक्रम संघका महासचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया