जिपी अस्पतालका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्

राजन उपाध्याय, दुलेगौंडा
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत कर्मचारीले ४ महिनादेखि तलब नपाएको बताएका छन् । तनहुँको शुक्लागण्डकी ५, झरौटामास्थित अस्पतालमा कार्यरत ६० कर्मचारी मध्ये ५७ जना कर्मचारीलाई कात्तिक महिनादेखि तलब दिन नसकिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।
डा. श्रेष्ठसहित ३ स्थायी चिकित्सिक भने काजमा कार्यरत छन् । केन्द्रमा दरबन्दी नै नभएका कारण उनीहरु काजमा आएका हुन् । उनीहरुले नियमित तलब लिइरहेका छन् । ‘५७ मध्य आधी भन्दाबढि बाहिरका छन्, कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘नियमित पैसा दिन नसकिँदा कर्मचारीलाई अप्ठ्यारो उत्पन्न भएको छ ।’
‘हाम्रो व्यक्तिगत समस्या धेरै नै छ,’ प्रशासन शाखाकी नायव सुब्बा पुजा कार्कीले भनिन्, ‘त्यो भन्दा धेरै अप्ठ्यारो त अस्पताललाई परेको महसुस गरेकी छु ।’ सिन्धुली स्थायी घर भएकी उनी कोठा भाडामा लिएर बस्दै आएकी छिन् । अस्पतालका साथीसँग मिलेर सामूहिकरुपमा बस्ने गरेका उनले सुनाइन् । ‘नियमित पैसा नपाउँदा घरबाट पैसा मगाएर खर्च चलाएकी छु,’ उनले थपिन्, ‘सरकारी अस्पतालमा काम गरेर पनि पैसा पाएको छैन भन्न पनि लाज लाग्छ ।’
अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले तलब खुवाउन पहल भइरहेको जानकारी दिए । तलब नियमित नपाउँदा पनि कर्मचारीले काम भने गरिरहेका छन् । बजेट अभावका कारण करारमा रहेका कर्मचारीको म्याद थप र तलब प्रदान गर्न नसकिएको अस्पतालको भनाई छ ।
१ महिनामा तलबको लागि १५ लाख रुपैयाँ खर्च हुन्छ तर, सरकारले वार्षिक २० लाख रुपैयाँ पठाउँछ । असोजसम्मको तलब त खुवाइयो, उनले भने, ‘अहिले त समिति पनि छैन, झन अप्ठ्यारो छ ।’ सरकारले जिपी अस्पताल र बाँकेको सुशील कोइराला क्यान्सर अस्पतालको सञ्चालक समिति खारेज गरेपछि केहि समय नेपाली कांग्रेस आन्दोलित भएको थियो । संघ मातहत नै रहने गरी निर्णय भएको अस्पताल अहिले पदाधिकारीविहिन छ ।
अस्पताललाई ५० शैयामा विस्तार गरिँदै छ । तत्कालीन सेती गंगा सामुदायिक अस्पतालको २ सय रोपनी जग्गामा ५ सय थप गरी हाल ७ सय रोपनी जग्गा जिपीको नाममा छ । विसं २०६७ सालमा पूर्व प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरकै श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया