पैसाको प्रलोभनमा धर्म परिवर्तन अमान्य

समाधान संवाददाता
शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले आफ्नो संस्कृति र परम्परालाई आर्थिक प्रभावमा पारेर परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका छन् ।
तनहुँको हिलेटार धार्मिक क्षेत्र तथा शवदाह संरक्षण संस्था, शुनपा ८ ढोरफिर्दीको दोस्रो साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो संस्कार र परम्परालाई आर्थिक प्रभाव देखाएर आकर्षित गर्ने कुरा मान्य हुँदैन । हामीबीचको बेमेल र असमझदारीका कारण धर्म र परम्परा कठिन मोडमा आएको छ ।’
उनले अबको १० वर्षसम्म यस्तै हुने हो भने यो समस्या विकराल हुने दाबी गरे । धर्म संरक्षणका लागि एकताको खाँचो रहेको उनले औंल्याए । उनले यस क्षेत्रको संरक्षण र विकासमा नगरले सहयोग गर्ने बताए । करिब ४ महिनापछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का अध्यक्ष कृष्ण रेग्मीले जिल्ला अदालतले आफूलाई न्याय दिएको बताए ।
२८ दिन हिरासत बसेको जानकारी दिंदै उनले अब जनताको सेवामा इमान्दारितापूर्वक लाग्ने प्रतिवद्धता गरे । सोही वडाकी १ युवतीले आफूलाई रेग्मीले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।
हिलेटार धार्मिक क्षेत्र तथा शवदाह संरक्षण संस्थाका अध्यक्ष पिताम्बर खाती क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकारहरु महेश्वर भट्टराई, परशुराम भण्डारी, कृष्ण प्रताप मल्ला, साना किसान सहकारी संस्थाका अध्यक्ष भोजराज भट्टराई, समाजसेवी इन्द्रप्रसाद भट्टराई, जागृति टोल आमा समूहका अध्यक्ष भीममाया थापा, संस्थाका उपाध्यक्ष सारिका भुजेल, धनञ्जय वाग्ले लगायतले हिलेटारलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न सबैको सहयोग आवश्यक पर्ने बताएका थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया