एक मन्त्री बैठकमा ३ मिनेट ढिला पुग्दा, विपक्षीले गरे पाँच घण्टा बैठक बहिष्कार

गत अक्टोबरमा नियुक्त भएका जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा बिहीवार बजेट समितिको बैठकमा उनी निर्धारित समयभन्दा ३ मिनेट ढिलो पुगे ।
विपक्षी सांसदहरूले उनको ढिलाईले उनको कार्यालयप्रतिको अपमान दर्शाएको भन्दै बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिए ।
श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको उनीहरूले चर्को आलोचना गरेका छन् । गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए ।
“सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो। उनीप्रति हाम्रो ठूलो आशा थियो। म निराश भएको छु,” उनले भनेका थिए । लगत्तै उनको सो टिप्पणीको आलोचना भयो र उनले क्षमा मागे ।
सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए ।
गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए । बारम्बार गल्तीहरू दोहोर्याइरहेको भन्दै विपक्षी सांसदहरूले यो विषयलाई चर्को गरि उठाए । विपक्षीहरूले बारम्बार उनको राजीनामा माग गरेका छन् ।
के साकुरादा मन्त्री बनिरहन योग्य छन् भनी गरिएको एक मत सर्वेक्षणमा सहभागीमध्ये ६५ प्रतिशतले छैनन् भने । आसाही सिम्बुन पत्रिकाले यो साता निकालेको आँकडामा केवल १३ प्रतिशतले उनी योग्य छन् भनेको देखाएकाे छ ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया