प्यारासुट नखुलेपछि नेपाली सेनाका हवल्दार पुर्णबहादुर घाइते
समाधान संवाददाता
२०७५ फागुन २० गते १३:०४

समाधान संवाददाता, काठमाडौँ
सैनिक दिवस मनाउने क्रममा काठमाडाैैंकाे टुँडिखेलमा प्यारासुट जम्पिङका गर्दा प्यारासुट राम्राेसँग नखुलेपछि नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन् ।
प्यारासुट उडाउने क्रममा सेनाका हवल्दार भण्डारी घाइते भएको नेपाली सेनाका प्रवक्ता याम ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार सैनिक परेड क्रममा प्यारासुट नखुलेपछि हवल्दार भण्डारी सिधै आकाशबाट जमिनमा खसेका थिए । हवल्दार भण्डारीकाे टाउँकाे लगायत शरीरकाे अन्य भागमा चाेट लागेकाे बताइएकाे छ । उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया