लामेआहालको ल्यान्डफिल्डमा आगलागी, बस्ती जोखिममा

समाधान संवाददाता २०८० चैत २६ गते २०:१९

पोखरा ।
पोखरा ३२ मा रहेको लामेआहाल ल्यान्डफिल्ड साइटमा आगोलागी भएको छ । दिउँसो ५ बजेदेखि लागेको आगो बेलुका ८ बजेसम्म पनि नियन्त्रणमा नआएको पोखरा महानगरको दमकल इन्चार्ज हर्कबहादुर गायकले बताए ।


उनका अनुसार महानगरका ३ वटा दमकल र एउटा ट्याङ्कर मार्फत आगो निभाउन प्रयास भइरहेको छ । तर, पनि पानीको अभावमा आगो नियन्त्रणमा नआएको उनले जानकारी दिए । स्थानीयका अनुसार ल्यान्डफिल्ड साइटमा लागेको आगोकै कारणले त्यहाँ रहेको च्याउ फर्ममा असर गरेको छ भने गाउँ नै जोखिममा रहेको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया