पोखराबाट कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई शिक्षक पक्राउ

समाधान संवाददाता २०८१ वैशाख १७ गते १८:३२

पोखरा ।

पोखरा ।
कक्षा १२ को प्रश्न पत्र आउट गरेको आरोपमा दुई जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान ९ बजे पोखरा ११ फुलबारी स्थित शिवशक्ति माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट आउट गरेको आरोपमा सोमबार प्रहरीले दुई जना शिक्षकलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले आरोपित पोखरा ११ फुलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बास्तोलालाई नियन्त्रणमा लिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्त शर्माकुमार जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका दुई शिक्षक शिवशक्ति माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए । उनीहरुले प्रश्न पत्र आउट गरेर कसलाई पठाए भन्ने कुरा अनुसन्धान भइरहेको डिएसपी शर्माले जानकारी दिए ।

Advertisement


उनीहरुले प्रश्न पत्र आउट गरेको उजुरी गण्डकी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारमा परेको थियो । प्रहरीले उनीहरुको साथबाट कक्षा १२ को थप उत्तर पुस्तिका ८ थान र मोबाइल फोन ३ थानसहित नियन्त्रणमा लिएको छ । नियन्त्रणामा लिएर शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान गरिरहेको डिएसपी शर्माले जानकारी दिए ।


Advertisement


तपाईको प्रतिक्रिया