जनहितका बिद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण

समाधान संवाददाता २०७५ फागुन २६ गते १३:१३

सुन्दरकुमार थकाली
मुस्ताङ

स्वंय सेवा नेपाल तथा हाम्रो माया नेपाल संस्थाको सयूक्त साझेदारीमा मुस्ताङका बिभिन्न बिद्यालयका बिद्यार्थीलाई आईतबार झोला तथा शैक्षिक सामाग्री बितरण गरिएको छ । आर्थिक रुपमा पीछडिएका बिपन्न समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि संस्थाले शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ ।

हाम्रो माया नेपाल जर्मनकी सदस्य नादिन कोरुस सहितको टोलीले जनहित माध्यमिक बिद्यालयका बालवालिकालाई झोला तथा शैक्षिक सामाग्री बितरण गरेका हुन् । संस्थाले म्याग्दी र मुस्ताङका बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम अनुसार घरपझोङका आधादर्जन बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गरेको संस्थाले जनाएको छ ।

Advertisement

जनहित माध्यमिक बिद्यालय जोमसोममा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा स्वंयम् सेवा नपालका कोषाध्यक्ष विशाल गुरुङले संस्थाले वर्षेनी बिद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको जानकारी दिए ।

जनहित बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्द्रलाल थकालीले संस्थाले गरेको यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका वालवालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताए । उनले सहयोग सानो ठुलो नभई बिद्यार्थीको शैक्षिक मनोबिज्ञानमा समेत परिवर्तन आउने दावी गरे ।

Advertisement

संस्थाले पूर्वको पाचथर देखि पश्चिमको बिकट जिल्ला डोल्पाका बिद्यालयमा पुगेर झोला तथा शैक्षिक सामाग्री बितरण गरेको जनाएको छ ।यसवर्ष मुस्ताङ र म्याग्दीका २५ सय बिद्यार्थीलाई करिव ४० लाख बराबरको शैक्षिक सामाग्री बितरण गर्ने कार्यक्रम रहेको संस्थाका सदस्य स्वीस गौचनले जानकारी दिए ।

संस्थाले हाल सम्म १० जिल्लामा यसप्रकारको शैक्षिक सामाग्री बितरण गरेको गौचनले खुलाए । स्वंयम् सेवा नेपाल संस्था ३ वर्ष दर्ता भएको हो । बिद्युत ,खानेपानी ,स्वास्थ्य र शैक्षिक क्षेत्र आदी लगायतको पूर्वाधार बिकासमा काम गर्दै आईरहेको छ । संस्थाले आर्थिक सहयोगका लागि बिदेशी सहयोगी संस्था संग सहकार्य गर्दै आईरहेको अर्का सदस्य कुमार रानाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया