महानगर स्थापना दिवसमा रक्तदान
समाधान संवाददाता
२०७५ फागुन २८ गते ८:४५

समाधान
पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवस मनाएको छ । महानगरले तेस्रो स्थापना दिवस सोमबार मनाएको छ । स्थापना दिवसमा महानगरले रक्तदान कार्यक्रम गरेको हो । कार्यालय प्रांगणमा आयोजित रक्तदानमा ६५ जनाले रक्तदान गरेका छन् । पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले पहिलो रक्तदाता प्रतिक्षा चालिसेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी हुन् ।
रक्तदान कार्यक्रममा महानगरका जनप्रतिनिधि, कर्मचारी लगायत सर्वसाधरणले रक्तदान गरेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।
सम्बन्धित






भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया