ट्राफिकसँग पोखरेलीको गुनासाे- चिट काटौंला भनेर कहिलेसम्म कुर्छौ

तस्विर- एजेन्सी
समाधान संवाददाता
‘प्रिय ट्राफिक ! तिमीले रातको समयमा मापसे गरेर वा अन्य गलत क्रियाकलाप गरेर सवारी चलाएको पाए उसको कागजपत्र जाँच वा जफत गर्नुको सट्टा, हस्पिटलबाट भातका हटकेस झुन्ड्याएर आएकालाई वा आपतकालीन अवस्थामा हिँडेकाहरुलाई कुनैकुनै कागज बोक्न भुलोस् र चिट काटौंला भनेर कहिलेसम्म कुर्छौ हो ।’
यो गुनासो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्षमण तिमिल्सिनाको हो । उनले यस्तो गुनासो शुक्रबार फेसबुकमा पोस्ट गरेका छन् । उनले ट्राफिक प्रहरीले नियम सिकाउने भन्दा पनि दुख दिने नियतले त्यस्तो गर्ने गरेको धारणा राखेका छन् । उनले फेसबुक मार्फत भनेका छन्, ‘बर्दीको सम्मान सही ढंगले गर्नुपर्छ, जनताको करले नै हो तलब खाने साथी, अधिकार छ भन्दैमा दागा धरेर लाइसेन्स बिलबुक नबोकेकालाई तर्साएर वा लाइसेन्स बिलबुक घरमा भुलेकालाई ल्याएर बुझाउँदा पनि चिट काट्न वा २ सय गोजीमा हालिदिन बाध्य कहिलेसम्म पार्ने हो ?’
तिमिल्सिनाका जस्ता गुनासा धेरैका सुनिन्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा यस्तै गुनासा गर्नेहरुको ताँती नै हुन्छ । केहीले त लाइसेन्स हतार छुटेको र चेकिङ भएको ठाउँमा नै ५ मिनेटमा लाइसेन्स बिलबुक लैजाँदा चिट काटेर पैसा तिर्नुपरेको सर्वसाधारणको गुनासो छ । प्रहरीले धेरै राजस्व उठाउने निहुँमा मनलाग्दी कारबाही गर्ने गरेको पीडितहरु बताउँछन् । उनीहरु भन्छन्, ‘लाइसेन्स नै नभए पो कारबाही गर्ने हो, हुँदाहुँदै पनि चिट काट्नु त अति हो ।’ तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्र मागेको बेला लाइसेन्स वा बिलबुक देखाउन नसक्नेमाथि कारबाही गर्नु कानुनसम्मत भएको बताउँछन् । भन्छन्, ‘सवारी चालकले जुनसुकै बेलामा पनि कागजपत्र लिएर हिँड्नुपर्छ । नलिइकन हिँड्दा कारबाही हुन्छ ।’







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया