साहित्य शृंखला

समाधान
साहित्य शृंखला पोखराको २ सय ९ औं नियमित रचनावाचन तथा पुस्तक परिचर्चा शनिबार भएको छ । कार्यक्रममा साहित्यकार रह शर्माको उपन्यास ईप्सान्तमाथि डा. कृष्णराज अधिकारीले चर्चा गरे । उनले साहित्यकार कुनै पनि राजनीतिक पार्टीको कार्यकर्ता नभई सरकारले राम्रो काम गरेको बेला राम्रो र गलत कामका विरुद्ध खबरदारी गर्न सक्नुपर्र्ने बताए ।
समीक्षक प्राडा विष्णुप्रसाद पौडेलले युवाको विदेश मोह र जुनसुकै बाटोबाट पनि विदेशिने मानसिकता लेखकले समेट्न सकेको उल्लेख गरे । प्रलेस गण्डकी प्रदेश अध्यक्ष लोकबहादुर थापाले शर्माको कृतिले समाजको यथार्थलाई सकारात्मक रुपले उजागर गरेको विचार राखे ।
प्रगतिशील लेखक साहित्यकारले समाजका बेथितिबिरुद्ध आवाज उठाए पनि राजनैतिक पार्टीको गलत प्रवृत्ति विरुद्ध खुलेर लेख्न सक्नुपर्ने बताए । प्रलेस कास्की अध्यक्ष नारायण मरासिनीले शर्माको कृतिले युवा पुस्ताको कृतिले मानसिकतालाई शसक्त रुपले उठान गर्न सकेको बताए । प्राडा रविलाल अधिकारीले साहित्यकर्मी अग्रगामी परिवर्तनको पक्षमा निरन्तर लागेमात्र समाज रुपान्तरण हुने बताए ।
साहित्यकार अल्पविराम, गीता तिवारी, दिनेश भण्डारी, आदर्श सापकोटा, सन्तोष सापकोटा, छवि सुवेदी, गेहेन्द्र पोखरेली, शरण आँसु, सुमनराज पौडेल, कल्याण पन्त, यादवराज भुर्तेल, निर्मला न्यौपाने, छन्दिका त्रिपाठी, मदन भण्डारी, आर्या त्रिपाठी लगायतले रचनावाचन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षतामा भएको थियो ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया