गोप्यश्वर महादेवको मन्दिर पुननिर्माण हुने

समाधान संवाददाता
पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीको शिवालयस्थित गोप्यश्वर महादेवको मन्दिर पुननिर्माण हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुरातत्व विभागको १८ लाखको सहयोगमा ७० वर्ष पुरानो महादेवको मन्दिर निर्माण हुन लागेको हो । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले मन्दिरको बुधबार शिलान्यास गरिन् ।
मन्त्री पुनले सामाजिक सद्भाव कायम गर्न प्रदेश सरकारले बहुसांस्कृतिकग्राम बनाउन लागेको बताइन् । मन्त्री पुनले पोखराको सेरोफेरोमा सांस्कृतिक ग्राम बनाउन लागेको जानकारी दिइन् । ‘सांस्कृतिक ग्राममा गण्डकी प्रदेशका हरेक जातीको धर्म संस्कृति र रिति रिवाज झल्कने विषय बस्तु राखिने छ,’ मन्त्री पुनले भनिन्, ‘त्यस ग्राममा आउने पर्यटकलाई सम्बन्धित जातिको बसोबास स्थलसम्म पु¥याउने व्यवस्था मिलाइने छ ।’ प्रदेशमा रहेका मन्दिर गुम्बाहरुको संरक्षण सम्वद्र्धनका जोड दिने जानकारी दिँदै मन्त्री पुनले अर्को आर्थिक वर्षमा योजना बनाएर धार्मिक तथा सांस्कृतिक सबै विषयको अभिलेख तयार पार्ने उल्लेख गरिन् ।
मन्त्रालयले यो आर्थिक वर्षमा मन्दिर गुम्बाको निर्माणका लागि बजेट विनियोजन गर्न नसकेको जानकारी दिँदै मन्त्री पुनले अर्को वर्षदेखि बजेटको व्यवस्था हुने बताइन् । वडा कार्यलयको पर्यटनको प्रवद्र्धनका लागि योजनालाई पोखरा महानगर र प्रदेश सरकारले सहयोग गर्ने उल्लेख गर्दै उनले धार्मिक पर्यटक ल्याउन सुझाव दिइन् । मन्त्री पुनले पर्यटकलाई राम्रो व्यवहार गर्न र स्वागत सत्कारमा ध्यान दिन आग्रह गरिन् ।
उनले प्रदेश सरकारले हरेक स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा केन्द्र खोल्न लागेको जानकारी दिइन् । गण्डकी प्रदेशलाई बालमैत्री प्रदेश बनाउन लागेको उल्लेख गर्दै मन्त्री पुनले वडा तहदेखि नै बाल विवाह रोक्ने अभियान थाल्न सुझाव दिइन् । उनले महिलाको उद्यमशीलताका लागि सहयोग गर्ने बताइन् ।
गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले वडाको भौतिक पूर्वाधार निर्माण र जनताको आधारभुत आवश्यकतालाई पुरा गराउन लागि पर्ने बताए । सुरौदी खोला र फुस्रे खोलामा करिडोर निर्माणका लागि बजेट विनियोजन भएको उल्लेख गर्दै उनले दीर्घकालिन योजनाहरु सञ्चालनमा ध्यान दिने धारणा राखे । मन्दिर निर्माण समितिका अध्यक्ष युवराज पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको पहलमा मन्दिर निर्माण गर्न लागेको बताए । आगामी वैशाखभित्रमा मन्दिरको निर्माण गर्ने जानकारी दिँदै उनले करिब ३ करोडको लागतमा मन्दिरको परिसर निर्माण गरेर ज्येष्ठ नागरिक बस्ने व्यवस्था मिलाउने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य सीतादेवी विक, पोखरा महानगरपालिका वडा नम्बर २१का अध्यक्ष खगराज आचार्य, वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्य, मन्दिर निर्माण समितिका उपाध्यक्ष नारायणदत्त अधिकारी सचिव भोजराज पौडेल लगायतले बोलेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया