संसारकै खुसी देशको सूचीमा फिनल्यान्ड पहिलाे स्थानमा

समाधान संवाददाता
गत वर्ष झैं यो वर्ष पनि संसारकै खुसी देशको उपाधि फिन्ल्यान्डले जितेको छ। सन् २०१९ मा विश्वकै खुसी देशको सूची सार्वजनिक भएको छ जसमा फिनल्यान्ड पहिलो भएको हो।
सन् २०१६ मा पहिलो स्थानमा रहेको डेनमार्क यो वर्ष दोस्रो स्थानमा छ। त्यस्तै नर्वेले तेस्रो स्थान हासिल गरेको छ।
यूएन अन्तर्गतको ‘सस्टेनएबल डेभ्लपमेन्ट सोलुसन्स् नेटवर्क’ ले १५६ देशमा गरेको अनुसन्धानका आधारमा बुधबार ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट अपडेट २०१९’ सार्वजनिक गरेको हो। बुधबार ‘अन्तर्राष्ट्रिय खुसी दिवस’ पनि थियो।
यो रिपोर्टले विशेषगरी छ मुख्य कुरा हेर्छः आम्दानी, स्वतन्त्रता, विश्वास, स्वस्थ्य जीवन, सामाजिक सहयोग र उदारता।
यो वर्षका सबभन्दा खुसी १० देश यी हुन्ः
१. फिनल्यान्ड
२. डेनमार्क
३. नर्वे
४. आइसल्यान्ड
५. नेदरल्यान्ड्स
६. स्विटजरल्यान्ड
७. स्विडेन
८. न्यूजिल्याण्ड
९. क्यानडा
१०. अस्ट्रेलिया
यो सूचीमा अमेरिका १९ औं नम्बरमा छ। बेलायत १५ औं, जर्मनी १७ औं, जापान ५८ औं, रसिया ६८ औं, चीन ९३ औं स्थानमा छन्।
सबभन्दा कम खुसी देशमा सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अफगानिस्तान, तान्जानिया र रूवान्डा छन्।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया