आज बेलुकी साढे ८ बजे मुम्बइ इन्डियन्सविरुद्ध खेल्लान् सन्दीप !

समाधान संवाददाता २०७५ चैत १० गते ८:३०

दिपक के श्रेष्ठ

शनिबारदेखि सुरु भएकाे यस सिजनकाे आइपीएलमा आज बेलुकी साढे ८ बजे दिल्ली क्यापिटल र मुम्बइ इन्डियन्सबीच खेल हुँदैछ ।

अघिल्लाे सिजनसम्म दिल्ली डेयरडेभिल्स नामबाट खेलेकाे दिल्लीले यसपटक आफ्नाे नाम क्यापिटल राखेकाे छ । यसपटकपनि दिल्लीबाट नेपाली युवा स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाउनेछन् ।

Advertisement

अघिल्लाे वर्ष दिल्ली क्वालिफायर राउण्डबाट आाउट भइसकेपछिकाे ३ खेलमा माैका पाएका सन्दीपले यसपटक सुरुवाती खेलबाटै खेल्न पाउने सम्भावना छ । यद्यपि, दिल्लीकाे प्लेइङ सेट अझै सार्वजनिक भइसकेकाे छैन । खेल मुम्बइकाे हाेम ग्राउण्ड वानखडे स्टेडियममा हुनेछ ।

पूर्व अष्ट्रेलियन क्रिकेटर तथा वर्तमान क्रिकेट विश्लेषक ब्र्याड हजले नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने दिल्ली क्यापिटल्सको एक्स-फ्याक्टर खेलाडी रहेको बताएपछि सन्दीपकाे सम्भावना बढेकाे आ‌ंकलन गरिएकाे छ । दिल्ली क्यापिटलमा अर्का स्पिनर अफगानिस्तानका रसिद खान रहेका छन् ।

Advertisement

त्यस्तै, क्रिकइन्फाेले प्लेयर टु वाच खेलाडिकाे सूचिमा सन्दीपलाइ दाेस्राे नम्बरमा राखेकाे छ । यसैवर्ष छ वटा प्रमुख टी – २० खेलेका सन्दीपले माैका पाउने अनुमान गरिएकाे छ ।

यी सबै अनुभवको बलमा यस सिजन दिल्लीले सन्दिपलाई धेरै खेलमा मौका दिने अपेक्षा गरिएको छ । यद्यपी टोलीमा अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी भारतीय स्पिनर रहेकाले सन्दिपले अन्तिम ११ मा स्थान बनाउन सजिलो भने रहनेछैन ।

यस सिजनकाे उद्घाटन खेलमा भने शनिबार गत वर्षकाे विजेता चेन्नइ सुपर किङ्सले राेयल च्यालेञ्चजर्स बैैंग्लाेर्सलाइ हराएकाे छ । राेयलले चेन्नइलाई मात्र ७१ रनकाे लक्ष्य दिएकाे थियाे । एजेन्सीकाे सहयाेगमा

तपाईको प्रतिक्रिया