३ दिने शिक्षक तालिम ‘टिचर्स इन पोखरा’ सकियो

समाधान संवाददाता २०७५ चैत २५ गते १२:२०

समाधान संवाददाता, पोखरा

Advertisement

राष्ट्रिय शिक्षक सीप विकास फाउन्डेसन कास्कीको आयोजनमा भएको शिक्षक तालिम तथा कार्यशाला गोष्ठी ‘टिर्चस इन पोखरा’ सकिएको छ । १५ बुदें घोषणापत्र जारी गर्दै ३ दिन पोखरामा चलेको गोष्ठी सकिएको हो ।

गण्डकी प्रदेश अन्तर्गत कास्की, तनहुँ, बागलुङ लगायतलका ६० विद्यालयबाट १ सय २० शिक्षक तथा ४० प्राचार्यले कार्यशालामा भाग लिएका थिए । तालिममा शिक्षविद् प्राडा विद्यानाथ कोइराला, केपिज विश्वविद्यालय नेदरल्यान्डका प्राध्यापकद्वय यान हाइमन्स तथा बट टोल, टिआइपी कार्यक्रम २०१९ का प्रवक्ता युवराज त्रिपाठी लगायतले बोलेका थिए ।

कर्मफ्लाइटस् फाउन्डेसन र भाष्कर ममोरियल स्कुलको सहआयोजनामा भएको गोष्ठीमा अमेरिकाका अंगेजी भाषाका विशेषज्ञ स्टेफन एल एन्जन्सनले बहुभाषिक कक्षाकोठा, शिक्षक शशीधर बरालले कक्षा कोठामा डिजिटल लिटरेसी तथा बट टोल, निङको तथा केथीले संयुक्तरुपमा सहकार्यत्मक कक्षा सिकाइका रणनीतिबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा भाष्कर स्कुलका विश्वराज बास्तोलाले तालिममा सिकेका सीप विद्यालयमा कसरी कार्यान्वयन गर्ने विषयमा बोलेका थिए । पोखरा घोषणापत्रका संयोजक तथा संस्थाका सचिव प्रेमबहादुर कुँवरले सम्मेलनका भावना र ऐक्यवद्धताका कारण घोषणापत्र कार्यान्वयन हुनेमा आशावादी भएको धारणा राखे । शिक्षालाई अझ आधुनिक गरी परिवर्तनलाई २१ औं शताब्दी सुहाउँदो बनाउनु पर्ने कार्यक्रम सञ्चालक युवराज त्रिपाठीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया