सरकार र डाक्टर दुबै गैरजिम्मेवार हुँदा देशभर बिरामीले दुख पाए

समाधान सम्वाददाता
सरकारी चिकित्सकको आन्दोलनका कारण आज पाचौँ दिन पनि देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको सेवा ठप्प छ ।
समायोजन गर्दा चिकित्सकहरुलाई संघ अन्र्तगत राख्नुपर्ने माग राख्दै सरकारी चिकित्सकले सेवा अबरुद्ध गरेका हुन् । सरकारले माग पुरा नगरे निजी अस्पताल तथा क्लिनिकमा समेत सेवा बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
सेवा अरुबद्ध गर्दापनि सरकारले माग सम्बोधन नगरेपछि चिकित्सकहरुले सामुहिक राजिनामा दिने तयारी थालेका छन् । स्वास्थ्य मन्त्रालयले भने आन्दोलनरत चिकित्सकलाई काममा फर्कन आव्हान गरेको छ ।
चिकित्सकका माग वार्तामार्फत सम्वोधन गर्ने कि कारवाही गर्ने भन्नेमा मन्त्रालय अन्यौलमा देखिएको छ ।
पाँच दिनसम्म उपचार सेवा प्रभावित हुँदा सयौं विरामी उपचार सेवावाट बन्चित भएका छन् । देशभरका सरकारी अस्पतालवाट १ लाख सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिदै आएका छन् । तर गत शुक्रबारदेखि उपचार नपाउदा हजारौं विरामी अस्पतालमा अलपत्र अवस्थामा छन् ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया