‘महिलामा आर्थिक क्षमता बढाउन जरुरीः मन्त्री पुन

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले महिलामा आर्थिक क्षमता बढाउन आवश्यक रहेको बताएकी छन् । आर्थिक सशक्तिकरणमा जोड दिँदै मन्त्री पुनले भनिन्, ‘जबसम्म महिला अरुको भरमा परेर मागिरहन्छ, तबसम्म ऊ सधैँ दबिइरन्छ,’ उनले भनिन् ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको स्वरोजगार कार्यक्रम अन्तर्गत पोखरा महेन्द्रपुलस्थित हङकङ ब्युटी इन्स्टिच्युट प्रालिको सहकार्यमा आयोजित आधारभूत ब्युटिसियन तालिम मंगलबार उद्घाटन गर्दै उनले उक्त धारणा राखिन् । मन्त्री पुनले महिलाले सीप आर्जनसँगै आर्थिक उपार्जन गर्न सक्यो भने ऊ घर परिवारसँगै सामाजिक रुपमा पनि अघि बढ्न सक्ने बताइन् । उनले तालिमका प्रशिक्षार्थीलाई सुझाव दिँदै भनिन्, ‘यो तालिम राम्रोसँग सिकेर सदुपयोग गर्नुभयो भने आगामी दिनमा पुनः प्रदेश सरकारले अर्को चरणको तालिमका पनि आर्थिक सहयोग गर्नेछ ।’
उनले तालिमपश्चात आफू सक्षम बनी भविष्यमा राष्ट्रलाई कर तिर्ने नागरिकको रुपमा आफूले हेर्न चाहेको बताइन् । प्रदेश सांसदसमेत रहेकी हङकङ ब्युटी इन्स्टिच्युट प्रालिकी संचालक मीना गुरुङले तालिमले दिने सीपले भविष्यमा केही न केही आयआर्जनको बाटो खुल्ने बताइन् । उनले यसबाट आर्जनसँगै नैतिकवान्, चरित्रवान् नागरिक बन्न पनि प्रेरणा मिल्ने बताइन् । हङकङ व्युटी इन्स्टिच्युट प्रालिका प्रबन्ध निर्देशक माया गुरुङको अध्यक्षतामा भएको कार्यक्रम संचालन दीपा शर्माले गरेकी थिइन् । करिब ३ महिना (३९० घण्टा) सम्म चल्ने तालिममा विभिन्न क्षेत्रका ५१ जना महिला सहभागि छन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया