जीप दुर्घटना हुँदा ८ जना घाइते
समाधान संवाददाता
२०७६ वैशाख ८ गते १२:२२

समाधान संवाददाता
दुलेगौंडा
भीमाद बजारबाट आधामारातर्फ जाँदै गरेको जिप शनिबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ग १ ज ६५२५ नम्बरकोे जिप भीमाद २, जुकेपानीमा सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाइतेको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते हुनेमा भीमाद १ काउलेका वर्ष ४२ का तारा विक, वर्ष २४ का सीता थापा, वर्ष २२का शान्ति थापा, वर्ष ४० का पूर्ण परियार, वर्ष ४० का पार्वती थापा, वर्ष ३५ का सेतीमाया परियार, वर्ष ६६ का शोभा थापा र वर्ष २२ का पविना थापा छन् । जिप चालक किहुँ प्रहरी चौकीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया