१२ बजे जन्मदैछ समाजवादी पार्टी नेपाल

समाधान सम्वाददाता
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता हुँदैछ । दुई पार्टीका बीचमा प्रज्ञा प्रतिष्ठानमा मध्यन्ह १२ वजे एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा हुने बताइएको छ ।
एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक बाबुराम भट्टराई पहिलो वरियाताको अध्यक्ष र संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव दोश्रो वरियाताको अध्यक्ष रहने सहमति भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोरमका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहने सहमति भएको बताइएको छ । केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ ।
फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् । दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्नेछ । जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया