प्रदेशकै ठूलो अस्पतालमा बेकामे छन् सिटी स्क्यान, इको मेसिन र म्यामोग्राफी

समाधान संवाददाता २०७६ वैशाख २५ गते ८:५३

सुरेशराज अधिकारी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ सय शैंयाको अस्पताल हो । गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित उक्त अस्पताल पुरानो र ख्यातिप्राप्त अस्पताल हो । अस्पतालका ३ वटा ठूला मेसिन बिग्रेर काम नलाग्ने अवस्थामा छन् । वर्ष अगाडिदेखि बिग्रेको सिटी स्क्यान र महिना अघिदेखि इको र मेमोग्राफी मेसिन कामै नलाग्ने अवस्थामा छन् ।

अस्पतालमा टाउकाको सिटी स्क्यान गर्न २ हजार रुपैयाँ लाग्छ तर बाहिरी अन्य अस्पतालमा लगभग ४ हजार रुपैयाँ पर्छ । इको मेसिनले छातीको रोगसँग सम्बन्धित र म्यामोग्राफी महिलाको स्तन जाँच गर्ने मेसिन हो । १ डाक्टरका अनुसार उक्त मेसिनबाट नै महिलाको स्नतमा भएको गिर्खा, क्यान्सर लगायतका रोगको परीक्षण गरिन्छ ।

Advertisement

तर अहिले ३ वटै मेसिन सञ्चालनमा नआउँदा बिरामीलाई मात्र नभएर डाक्टरलाई पनि काम गर्न समस्या आएको अस्पतालका मेडिकल शाखाका डाक्टर ढाकाकुमार श्रेष्ठ बताउँछन् ।

बिग्रेका मेसिन लामो समयसम्म मर्मत नहुँदा बिरामीलाई सास्ती, व्ययभार थपिएको र अस्पतालको लाखौँ आम्दानी रोकिएको श्रेष्ठको भनाइ छ ।
सिटी स्क्यान र इन्डोसकोपी मेसिन बिग्रेको महिनौं भइसक्दा पनि चासो नदिनुले प्रतिष्ठान बिरामी र सेवाग्राहीप्रति कति उत्तरदायी छ भन्ने प्रष्ट भएको छ ।

Advertisement

क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेपछि यस क्षेत्रका जनताले गुणस्तरीय सेवा पाउने आशा राखेका थिए तर यो समयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झन् बेथिति बेहोर्नु परेको बिरामीको गुनासो बढेको छ ।
कास्की र वरिपरिका जिल्लाका आर्थिक अवस्था कमजोर भएका दैनिक हजारांैको संख्यामा बिरामी उपचारका लागि आउने यो अस्पतालको अवस्था हरेक दिन कमजोर बन्दै गएको छ । बिरामीलाई बाहिरका निजीमा रिफर गर्नुपर्ने बाध्यता छ ।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अस्पतालमा मेसिनको प्राविधिक नभएका कारण समस्या आएको बताए । आचार्यले बिग्रेको सिटीस्क्यान मेसिन प्रयोगमा ल्याउन नमिल्ने बताए । मेसिनको अवस्थाबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराएको उनले जानकारी दिए । उनले मन्त्रालयबाट बजेट निकास भएपछि मेसिन खरिद प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।
इको गर्ने र मेमोग्राफी मेसिन केही समयमा नै निर्माण हुने बताए । उनले ल्याबको मेसिन हेर्ने प्राविधिक भएमा प्रतिष्ठानमा बिग्रेका मेसिन छिटो मर्मत हुने बताए ।

तपाईको प्रतिक्रिया