भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा ६५ को मृत्यु

एजेन्सी
भूमध्य सागरमा आप्रवासी सवार डुंगा पल्टिँदा कम्तिमा ६५ जनाको ज्यान गएको छ । ट्युनिसियाको तटीय क्षेत्र नजिक आप्रवासी सवार डुंगा पल्टिएको संयुक्त राष्ट्रसंघीय शरर्णाथी नियोग युएनएचसिआरले जनाएको छ ।
युएनएचसिआरका अनुसार १६ जनाको सकुशल उद्धार भएको छ । बाँच्न सफल भएकाहरुका अनुसार डुंगा बिहीबार लिबियाको जुवाराबाट छुटेको थियो र शक्तिशाली छाल आएका कारण अनियन्त्रित भएर डुंगा पल्टिएको हो । युरोप प्रवेश गर्ने लक्ष्यसहित आप्रवासीहरु डुंगामा सवार थिए ।
सन् २०१९ को पहिलो चार महिनामा लिबिया हुँदै युरोप पुग्ने मार्गमा यस्तै प्रकारको दुर्घटनाका कारण झण्डै १६४ जनाको ज्यान गइसकेको युएनएचसिआरको तथ्यांकले देखाएको छ । पछिल्लो पटक भएको यो दुर्घटना सन् २०१९ कै ठूलो रहेको उल्लेख गरिएको छ ।
ट्युनिसियाको नेभीले उद्धार गरि तटीय क्षेत्रमा ल्याएका आप्रवासीहरु अहिले डुंगाबाट उत्रिनका लागि अनुमतिको पर्खाईमा छन् । लिबियामा जारी हिंसाका कारण मानिसहरु असुरक्षित र अवैध बाटो अपनाएर युरोप प्रवेश गर्ने गरेका छन् । त्यसक्रममा धेरैको समुद्रमा डुबेर ज्यान जाने गरेको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया