कागबेनीमा मिनी बस दुर्घटना हुँदा २ घाइते

समाधान संवाददाता २०७६ जेठ १२ गते १२:०२

समाधान संवाददाता, जोमसोम

मुस्ताङको कागबेनीमा शनिबार अपराह्न ग१ख ५७२६ नम्बरको मिनी बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । भारत बिहार बेतिया जिल्ला घरभई जोमसोमकै एक ग्यारेजमा मिस्त्रीको काम गर्ने ४७ वर्षीय मोहमत मुस्ताफा र साविक म्याग्दी जिल्ला मुदी गाविस ३ बस्ने २५ वर्षीय रविन विक घाइते भएका छन् । जोमसोम अस्पतालका डा. प्रकाश नेपालीका अनुसार दुबै घाइते खतरामुक्त छन् ।

कागबेनीदेखि मुक्तिनाथ जाने कालोपत्रे मोडमाथिको उपल्लो सडकबाट ५० मिटर तलको कालोपत्र सडकमा बस खसेको थियो । उक्त बस मुक्तिनाथ जाने क्रममा १ दिनअघि बिग्रिएर बाटोमै थन्क्याईएको पाईएको छ ।

Advertisement

शनिबार बिहानदेखि बस मर्मत गरी फर्किंदा बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । बसका हेल्पर रविन विकले चालक बस फरार भएको भन्ने प्रारम्भिक बयान दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया