‘अर्थतन्त्र उकालो लाग्दै, गरिबीको रेखामुनी १८.७ प्रतिशत मात्र’

समाधान सम्वाददाता, काठमाण्डौं ।
अर्थमन्त्री डा। युवराज खतिवडाले देशको अर्थतन्त्र उच्च आर्थिक बृद्दिदर हासिल गर्ने राजमार्गमा दौडन लागेके बताएका छन् । उनले नेपालका आर्थिक सूचकांकहरु धेरै सकारात्मक भएको दावी गर्दै गरिबीको रेखामुनी अब १८.७ प्रतिशत जनता मात्र रहेको दावी गरे ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५र७६ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा राम्रो सुधार भएको दावी पनि गरे ।
‘राजनीतिक स्थायित्व कायम भएको र विद्युत्को नियमित उपलब्धता तथा स्थानीय तहबाट पनि विकासको गति बढेको छ’ सदनलाई सम्वोधन गर्दै अर्थमन्त्रीले भने, ‘आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु उत्साहजनक देखिएका छन् । विकासको गति बढेका कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धिको मार्गमा अघि बढेको छ ।’
विकासले गति लिएको र गरिबीको रेखामूनी रहेको नेपालीको संख्या पनि घट्दै गएको अर्थमन्त्री खतिवडाले बताए । निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसंख्या १८.७ प्रतिशतमा झरेको अनुमान छ ।
आर्थिक क्रियाकलापमा भएको बिस्तारका कारण प्रतिव्यक्ति आम्दानी बढेको र कुल गार्हस्थ्य उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको अर्थमन्त्रीले बताए ।
उनले भने, ‘विगत धैरै दशकमा पहिलो पटक आन्तरिक बचतले कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत नाघेको छ, यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको छ ।’
शिक्षा, स्वास्थ्य, सञ्चार, भौतिक पूर्वाधार एवम् ऊर्जा तथा भूकम्प पछिको पुनर्निर्माण सम्बन्धी तथ्याङ्कहरुले सामाजिक एवम् भौतिक पूर्वाधार विकासको सुदृढ आधारशीला तयार हुँदै गरेको स्पष्ट संकेत देखिएको पनि उनले बताए ।
आन्तरिक एवम् बाह्य लगानी आकर्षित गर्न भएका नीतिगत एवम् कानूनी सुधारको परिणाम दिगो एवम् उच्च आर्थिक वृद्धिको मार्ग प्रशस्त हुँदै गएको उनले दाबी गरे ।
उच्च लगानीका लागि औद्योगिक तथा पुँजीगत सामानको आयात बढ्दै जाँदा र निर्यातको आकार सीमित हुँदा उच्च व्यापार घाटा कायमै रहेको साथै यसवाट शोधानान्तर स्थितिमा र विदेशी विनिमय सञ्चितिमा समेत चाप परेको उनले बताए ।







आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया