गाउँपालिका जनताको नजिकको साथी

राजन खनाल
वडा सदस्य
लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा, सुखी र समृद्ध नेपालसम्मको यात्रामा हामी छौं । स्थानीय तहको ऐतिहासिक जिम्मेवारी गणतन्त्र र संघीयताबाट प्राप्त भएको छ ।
आवश्यकता, माग र समस्यासँग साक्षात्कार हुने, उनीहरुका सुखदुखमा सँगै हिँड्ने र सेवा सुविधा पु¥याउने जनताको नजिकको साथी हो, स्थानीय सरकार । त्यही सरकारमा रहेर हामी वडा वडामा पुगेर जनताका आवश्यकतालाई नियाल्दै, बुझ्दै सेवा सुविधा पु¥याउने काममा अनवरत लागिरहेका छौं ।
स्थानीय तहमा जनताको प्रतिनिधि भएर आएपछि मुख्य योजनामा पनि जनता नै छन् । गाउँबाट पलायन रोक्ने, उत्पादन बढाउने आयआर्जनको बाटो देखाउने र समृद्धको रुपा गाउँपालिकाको परिकल्पनासहित हामीले काम गरिरहेका छौं ।
खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका हरेक क्षेत्रमा स्थानीय तहबाट थुप्रै सुधार र काम भएका छन् । शिक्षामा भौतिक पूर्वाधारदेखि गुणस्तरसम्म, स्वास्थ्यमा ल्याबदेखि अस्पतालसम्म खानेपानीमा १ घर, १ धारो, कृषिमा आधुनिकीकरण र प्रोत्साहनका कामलाई गाउँपालिकाले प्राथमिकता दिएको छ ।
पुनर्निर्माणमा गाउँपालिकाले गरेको काम भूकम्पबाट कम प्रभावित जिल्लामध्येमै उत्कृष्ट बन्यो । त्यसमा वडाध्यक्षदेखि वडाका सदस्यसम्मको निरन्तरको लगाव र जनताका आवश्यकतासँग नजिक भएकै कारण हो ।
पक्की बाटोले छुँदै नछोएको रुपामा अहिले धमाधम पिच भइरहेको छ । पर्यटनका गन्तव्य पहिचान गर्ने र प्रवद्र्धनका कार्यक्रम पु¥याउने काममा पनि गाउँपालिका अग्रसर छ । पार्टीगत राजनीति र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर रातदिन नभनी जनताका प्रतिनिधिले जिम्मेवारी पूरा गरिरहेका छन् । जनताको काम गर्न भनेर आएपछि जनताकै आवश्यकता र दैनिकीसँग नजिक भइएन पनि उनीहरुको विश्वास जित्न सकिँदैन । सुशासन कायम गर्ने र सेवा प्रवाहलाई विस्तार तथा जनताको पहुँचमा पुर्याउँदै, विकासलाई डोर्याउँदै सँगै हिँड्न सकियो भने एकदिन अवश्य लक्ष्य प्राप्ति हुनेछ ।







कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया