तिजीमा रमे पर्यटक

समाधान संवाददाता २०७६ जेठ २० गते १२:१६

समाधान संवाददाता
मुस्ताङ

उपल्लो मुस्ताङमा शुक्रबारदेखि परम्परागत तिजी मेला सुरु भएको छ । तिजीले यहाँको धार्मिक तथा राजकीय जीवनशैलीको समेत प्रतिनिधित्व गर्छ ।

तिजी १५ औं शताब्दीबाट सुरु भएको मानिन्छ । मेलामा देवी देवताका मुकुट लगायत विभिन्न प्रकारका नृत्य देखाउने चलन छ । नृत्य हेरिपछि पुण्य प्राप्त हुने जनविश्वास छ । ३ दिनसम्म मनाइने तिजीमा नफुक गुम्बाका लामाले धार्मिक संस्कृति प्रस्तुत गर्छन् ।

Advertisement

स्थानीय संस्कृति देखाइने मेलामा विदेशी पर्यटकसमेत सहभागी भए । यस वर्ष मुस्ताङको लोमान्थाङमा ५ सयभन्दा बढी विदेशी तिजी हेर्न आए । मेलामा मुस्ताङी राजाको ऐतिहासिक दरबार परिसरमा ठूलो लुङ्ता टाँसिएको छ । दरबार परिसर बीचमा तिजी नाचका लागि खुला भाग छ । त्यस वरिपरि नेपाली र विदेशीको चहलपहल छ । कतिपय दरबारको छत र वरिपरिका घरमाथि फोटो र भिडियो खिच्न व्यस्त देखिन्थे । शुक्रबारै अमेरिकी राजदुत र्‍यान्डी बेरी त्यहाँ पुगेर मेलामा सरिक भए ।

लोमान्थाङ कोरलानाका नजिकै छ । लोमान्थाङमा हुने गतिविधिलाई चिनीया पक्षले सुक्ष्म तरिकाले नियाल्ने गर्छ । नाका छेउकै गाउँमा तिब्बतीयन मेला हेर्न अमेरिकी राजदुत आउनुलाई चिनिया पक्षले स्वभाविक रुपमा नलिने कतिपयको भनाइ छ । भारतीय नाकाबन्दीपछि उत्तरी कोरलानाका चर्चामा छ । नाका खोल्नलाई नेपाली पक्षबाट चिनिया पक्षले उपयुक्त वातावरण खोजिरहेको छ । कोरलामा चीनले आधुनिक संरचना निर्माण बनाइरहेको छ । नेपाल पक्षबाट पनि यसको लागि सडक, बत्ती, सञ्चार र भन्सारका लागि जग्गा खोजिँदै छ ।

Advertisement

तिजीका लागि विदेशीले लोमान्थाङमा ६ महिनाअघि नै होटल बुक गराएका थिए । यहाँका ३ दर्जन होटल अहिले हाउसफुल छन् । सडक मार्ग सहज भएपछि नेपाली पनि कोरलानाका तथा तिजी हेर्न उपल्लो मुस्ताङ पुगेका छन् ।

तपाईको प्रतिक्रिया